काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी( सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ । प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गरी निमन्त्रणा हस्तान्तरण गरेका हुन् । एसिडी मञ्चमा नेपालससिहत ३५ मुलुक आबद्ध…