काठमाण्डु-काठमाडौंको कमलादीमा सडक भासिएको छ । कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालयअगाडिको सडक भासिएको हो । सडक भासिदा सो क्षेत्रको सवारी आवागमन ठप्प भएको छ । टुकुचामाथिको सडक राति भासिएको महानगर प्रहरीले जनाएको छ । टुकुचा खोलामाथि रहेको यो सडक हिजो साँझदेखि सडक भासिन सुरु भएको थियो ।