सत्ता गठबन्धनमा चुनावी तालमेलकाे संकेत, कांग्रेसभित्र जुट्ला सहमति ?

काठमाण्डु- पछिल्लो समय सत्ता गठबन्धन भित्र स्थानीय तहको चुनावमा मिलेर जाने विषयमा बहस चलिरहेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित जाने रणनीति बनाइरहेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा मिलेर जाने सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गरेका छन् । ‘आगामी निर्वाचनमा हामी मिलेरै जाने हो,…