१४ सांसद बर्खास्त नगरेसम्म कुनै एजेण्डामा सहभागी हुँदैनौं : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेले आफ्ना माग सम्बोधन नभएसम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ । एमालेका महासचिव शंकर पोखरेलले एमालेबाट अलग भएका १४ सांसद बर्खास्त नगरेसम्म लगातार संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएका हुन् । ‘जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौँ,’…