काठमाण्डु - संघीय संसद सचिवालयले राष्ट्रियसभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाएको छ । संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना जारी गर्दै १७ माघ सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् । यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।