काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठको सम्बोधन सकिएसँगै आजको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा प्रचण्डले एमसिसीमा आफूले सोचविचार गरेर निर्णय गरेको बताएका थिए । यता, नारायणकाजीले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका…