काठमाण्डु – नेकपा माआवादी केन्द्रले एमसीसी पारित गर्ने निर्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदन सम्बन्धमा थप निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी समितिका शीर्ष नेताहरुको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको हो । हिजो राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धन बैठकमा एमसीसी सम्झौतालाई पूरक प्रस्तावसहित अनुमोदन गर्ने सहमति…