काठमाण्डु - विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ । मिश्रले आफूलाई संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा बसेको र अवस्था सामान्य रहेको मिश्रले बताए ।