रूपन्देहीमा गोली प्रहार गरी युवकको हत्या

काठमाण्डु- रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–२ का २९ वर्षीय राजेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए । ‘घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिएसपी कार्कीले बताए।