वैशाखमै चुनाव भए पनि भिड्न तयार छौँ : माधव नेपाल

काठमाण्डु - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले स्थानीय निर्वाचन संविधानअनुसार नै हुनुपर्ने बताएका छन्। शनिबार पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहको चुनाव आगामी वैशाखकै लागि तोकिए पनि आफ्नो पार्टी भिड्न तयार रहेकोे बताएका हुन् । उनले भने, ‘जनतामा जाने कुरालाई सहज ठानेका छौँ। चुनावलाई लिएर अरू आत्तिएका होलान्।…