शहीदहरुको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । आईतवार शहीद दिवसको अवसरमा शहीद स्तम्भ लैनचौरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरूको सत्यतथ्य विवरणको एकीकृत अभिलेख तयार गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् । उनले शहीदहरूको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा…