काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पास नगरे गठबन्धन तोडिन्छ भनेर नभनेको दाबी गरेका छन् । शनिबारको गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसीसी पारित नगरे गठबन्धन तोडिन्छ भनेको भन्दै समाचारहरु बाहिरिएपछि आइतबार राति माओवादी नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसलाई अस्वीकार गरेका हुन् । उनले भ्रममा नपर्न समेत आग्रह गरेका छन्…