काठमाण्डु-नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा शुक्रवार दुई तले विद्यालय भवन भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् । पठार राज्यको राजधानी जोसमा रहेको प्राथमिक र माध्यमिक विद्यालयको निजी स्वामित्वमा रहेको सेन्ट एकेडेमीको भवन शुक्रवार विद्यार्थीहरूले परीक्षा दिँदै गर्दा भत्किएको हो । भवनमा धेरै कक्षाकोठा र कार्यालयहरू थिए । शुक्रबार साँझसम्म…