त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न गोताखोर घटनास्थलमा

काठमाण्डु - चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट शुक्रबार त्रिशूलीमा खसेका दुई वटा बस र यात्रुको खोजी आज पुन : सुरु गरिएको छ । खोजीका लागि अहिले सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेका छन् । हिजो दिनभरको प्रयासपछि पनि बस र यात्रु फेला परेका थिएनन् । काठमाण्डुबाट गौर जाँदै गरेको बागमती प्रदेश-०३-००१…