काठमाण्डु – नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट प्रचण्ड अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएका छन् । माओवादीको पहिलो केन्द्री समिति बैठकमा प्रचण्डको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन जनाएका थिए…