काठमाण्डु - नेपाली सेना र नेपाल प्रहरीले कुकुर तिहारको अवसरमा कुकुरहरूको विशेष पूजा गरेको छ । हिन्दु परम्पराअनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन भैरवको वाहन मानिने कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथी, आज्ञाकारी र रक्षकको रूपमा लिइने कुकुरको पूजा गर्ने प्रचलनअनुरूप सेना र प्रहरीले तालिम प्राप्त कुकुरहरूको पूजा गरेको हो। अपराध नियन्त्रण तथा अनुसन्धानका लागि…