आज दिउँसो एमाले सचिवालय बैठक बस्दै

काठमाण्डु- नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा नेपाली कांग्रेससँग अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति र विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने जनाइएको छ ।