काठमाण्डु– उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सबै वैकल्पिक शक्तिहरूसँग सम्मानजनक रुपमा सहकार्य गरेर जान तयार रहेको बताएका छन्। उज्यालो नेपालको जिल्ला भेलालाई सम्वोधन गर्न पोखरा पुगेका उनले सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गर्ने अवस्थामा आफ्नो पार्टी रहेको बताएका हुन् । ‘उज्यालो नेपाल पार्टी सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन…