काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा कब्जा गर्ने र प्यालेस्टिनीलाई अन्तै सार्ने गरेको घोषणाको चौतर्फी विरोध भइरहेको छ । प्यालेस्टाइन, प्यालेस्टिनी लडाकु समूह हमास, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्कीलगायतका देशले ट्रम्पको अभिव्यक्तिको आलोचना गरेका छन् । अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गाजा पट्टी नियन्त्रणमा…