प्रदेश १ र बागमतीमा नयाँ नेतृत्व चयनका लागि चुनाव गर्न प्रचण्डको निर्देशन

काठमाण्डु – नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ । केन्द्रको नीतिअनुसार सबै प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन प्रयास भएपनि कसैको नाममा सहमति जुट्न नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि प्रदेश १…