कांग्रेस निर्वाचन : सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मतपरिणाम आजै आउने

काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मतपरिणाम आजै आउने भएको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ५ वटै क्लस्टरको मत परिणाम आजै आउने बताएका हुन् । मुस्लिम, मधेशी र खस आर्य सहमहामन्त्रीको मत गणना केहीबेर अघिबाट कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।