काठमाण्डु – पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तु शिकार गर्ने र निकुञ्जका सुरक्षाकर्मीबीच दोहोरो झडप हुँदा १ जना शिकारीको मृत्यु भएको छ । शनिबार बिहान करीब ८ः१५ बजे निकुञ्ज कर्मचारी र नेपाली सेना सहितको टोली गस्तीको क्रममा वन्यजन्तु शिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको हो । झडपमा वन्यजन्तु शिकारी हेटौंडा उपमहानगर–१४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको मृत्यु…