काठमाण्डु - एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा नजाने घोषणाप्रति राष्ट्रपति रामचन्द्र पौडेलले असन्तुष्टि व्यक्त गरेका छन् । एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीको केन्द्रीय कमिटिको बैठकमा संसद पुनर्स्थापनाको माग गर्दै २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा शनिबार बौद्धिक समुदायका ११ जना अगुवाहरूसँग भएको छलफलका क्रममा…