काठमाण्डु – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिय भइरहेको छ । बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पद र प्यानल निर्माणमा शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेका बेला मनोनयन दर्ता सुरु भएलगत्तै उनीहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम…