व्यास नगरपालिका मतगणना विवाद : मेयर न्यौपानेले गरे सर्वाेच्चमा मुद्दा दायर

काठमाण्डु– स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको पुनःमतगणना गर्ने उच्च अदालत पोखराको फैसलाविरुद्ध वर्तमान नगर प्रमुख वैकुण्ठ न्यौपाने सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि नगर प्रमुख न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ । सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको…