काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । काठमाण्डुको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो । आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ ।अध्यक्षत्रयमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् भने पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका…