हेटौंडा - बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी…