काठमाण्डु- चौधरी ग्रुपले गुणस्तरहीन वाइवाइ चाउचाउ बिक्री गरेको भेटाइएपछि बजार खस्किएको छ । पछिल्लो समय चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ चाउचाउको बजार खस्किएको हो । गत बैशाख १२ गते वाइवाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि काठमाण्डु महानगरपालिकाले वाइवाइ चाउचाउ उत्पादक कम्पनी सीजी फूड्सको मातृ कम्पनी चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो। गुणस्तर परीक्षणमा असफल…