विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले भनीन्- अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाइयो

काठमाण्डु - बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेकी छन्। बिहीबार बसेको उक्त प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका हुन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै विश्वासको मत मागेकी हुन् ।  त्यसैगरी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी विभाजन गराएका…