काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । गत कात्तिक २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले मंसिर १४ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् । शुक्रबार प्रदेशसभा सचिवालयले प्रदेश सभा अधिवेशन आह्वान गरेको जानकारी दिँदै मुख्यमन्त्री शाहीले मंसिर १४ गते दिउँसो १ बजे विश्वासको मत लिने जानकारी दिएको छ…