किन राखियो देउवा मन्त्रिपरिषद्का निर्णय चार महिनादेखि गुपचुप ?

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले चार महिनादेखि मन्त्रिपरिषद् बैठकका निर्णय गुपचुप राखेका छन् । प्रधानमन्त्री नियुक्ति भएको चार महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आउने गरेका निर्णयहरू गत ७ असारदेखि अपडेट भएका छैनन् । देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री…