काठमाण्डु – नेकपा एमालेमा १५ जना पदाधिकारी हुने भएका छन् । आइतबार ललितपुरकाे सनराइज केन्द्रमा जारी एमालेको विधान महाधिवेशनले पार्टीको पदाधिकारीको संख्या १५ राख्ने निर्णय गरेको हो । एमाले नेता विष्णु पौडेलले विधान महाधिवेशनबाट भएका निर्णयबारे जानकारी दिँदै पदाधिकारी संख्याबारे आएका विभिन्न सुझाव समेटेर १५ सदस्यीय बनाउने निर्णय भएको जानकारी दिए । उनले अध्यक्ष एक…