काठमाण्डु- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । लुम्बिनीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल कप्तान र सुदूरपश्चिममा राष्ट्रिय टोलीकै उपकप्तान…