काठमाण्डु – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभामा विश्वासको मत पाएका छन् । शुक्रबार मधेश प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको छ । यादवको पक्षमा ९२ मत परेको छ भने विपक्षमा शुन्य मत परेको छ । मतदानमा सहभागी भएका सबै सांसदहरूले उनलाई पक्षमा मत दिएका छन् । एमालेबाहेक ७…