काठमाण्डु - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) को साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरमा नेपालबाट रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन् । आइयूसीएनका सदस्य राष्ट्रका प्रतिनिधिले गरेको मतदानमा अधिकारीले सर्वाधिक दोश्रो मत पाएकी हुन् । सात देशका उम्मेदवार रहेकोमा पाँच देशका उम्मेदवार निर्वाचित भएका छन् ।