मन्त्री घिसिङ र जर्मनीका राजदूत भोल्जबीच भेटवार्ता, विभिन्न विषयमा छलफल

काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, जर्मनीको…