काठमाण्डु - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायलयको विवादमा मुख खोलेका छन् । दलहरु मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राखेका हुन् । न्यायलयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै भट्टराईले अदालतले गल्ती सच्याउन नसके संसद अघि सर्नुपर्नेमा जोड दिएका छन् ।…