कैलाली- नेकपा माओवादी केन्द्रले सुदुरपश्चिममा गरेको कार्यविभाजनको पार्टीका नेता कार्यकर्ताहरुले चर्को विरोध गरेका छन् । माओवादी केन्द्रको स्थायी समितिको बैठकको परिपत्र आईतबार सार्वजनिक भएपछि धेरै नेता कार्यकर्ताले उक्त निर्णयको विरोध गरेका हुन । माओवादी केन्द्रमा सुदुरपश्चिममा १३ जना केन्द्रीय सदस्य छन् । तिमध्ये माओवादीले अधिकांशलाई प्रदेशको सहइन्चार्ज बनाएको छ । सहइन्चार्ज हुनेमा नेपबहादुर चौधरी,तारामान स्वांर,…