चौतारा - सभामुख अग्निप्रसाद सापकोटाले कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम नगर्ने बताएका छन् । बिहीबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा पुगेका सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् । सभामुख सापकोटाले दुई वर्षयता राष्ट्रले कोभिड–१९, प्राकृतिक विपत्ति र राजनीतिक उतार चढावजस्ता सङ्कट बेहोर्नुपरेको चर्चा…