मोरङ – जिल्लाको बेलबारी नगरपालिका–१ स्थित सडकमा विराटचोकबाट बेलबारीतर्फ जाँदै गरेको प्र१–०२–००१ ख ९६७६ नम्बरको टिप्परले मे१ज २८५६ नम्बरको बोलेरोलाई शुक्रबार बिहान ठक्कर दिँदा बोलेरोमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बोलेरो चालक झापाको बिर्तामोड नगरपालिका–२ बस्ने ३६ वर्षीय कृष्ण गजुरेलको न्यूरो अस्पताल विराटनगर तथा बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२…