कोशी प्रदेश नामकरणविरुद्ध काठमाण्डुमा प्रदर्शन

काठमाण्डु – कोशी प्रदेशको नामकरणविरुद्ध काठमाण्डुमा प्रदर्शन भएको छ । फागुन १७ गते कोशी प्रदेश नामकरण गरिएको भन्दै विरोध भइरहेको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले काठमाण्डुको तीनकुनेमा प्रदर्शनसहित सभा गरिएको छ । कालोझण्डासहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर, संघीयता पुनः सीमांकन…