आज ३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवस, देशभर सार्वजनिक विदा

काठमाण्डु - राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै आज उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । पृथ्वी जयन्तीका अवसरमा आज देशभर सार्वजनिक बिदा समेत दिइएको छ। यस अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार…