भारतसँग भएका सबै सम्झौताको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले विभिन्न मितिमा भएका सन्धिसम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल सरकार पक्ष भई विभिन्न मुलुक वा अन्तरसरकारी संघसंगठनसँग भएका सन्धिसम्झौता, संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएको सभापति…