काठमाण्डु- कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्ट पार्टीको जिम्मेवारीबाट अलग भएका छन् । प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । पार्टी केन्द्रीय कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘मिति २०८०।०९।२४ गते कोशी प्रदेश सभाले मलाई सभामुखको रूपमा निर्वाचित गराएकोले पदीय मर्यादा कायम राख्दै सो पदमा रहुन्जेल पार्टीको…