काठमाण्डु - नेकपा एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित आएको, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको लोकसेवा आयोग विधेयक पेश गरेका थिए । विधेयकमाथिको छलफलमा कुनै सदस्यले भाग लिएनन् । बहुमतका आधारमा विधेयक राष्ट्रियसभाबाट पारित भएको हो…