काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम र बागमती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् । पार्टीभित्र अन्तरविरोध बढेपछि ओलीले २ जेठअघिका संयोजक भीम रावललाई हटाएर माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिएका थिए । त्यसैगरी बागमती प्रदेशकी संयोजक अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई इन्चार्ज बनाएका थिए…