एमाले सुदूरपश्चिम इन्चार्जको विवाद टुंगियो, लेखराज भट्ट इन्चार्ज तोकिए

काठमाण्डु – नेकपा एमालेको  सुदूरपश्चिम प्रदेश पार्टी  इन्चार्ज लेखराज भट्ट नै कायम हुने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्ट नै कायम भएकाे बताएका छन् । उनले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज परिवर्तन नहुने र उपाध्यक्षको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । आइतबार बिहान नेता रावलसहितका शीर्ष नेताहरुसँगको भेटमा…