काठमाण्डु- दुई वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट पानीटंकी बस्ने ३७ वर्षीय राज नेपाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गौशालाबाट पुस १० गते ती बालिका अपहरण भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो…