काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित भएको बताएका छन् । सक्रिय सदस्यतासम्बन्धी विवादका कारण कांग्रेसको महाधिवेशन हुनेमा आशङ्का गरिएको भए पनि अब त्यो आशङ्काको अन्त्य भइसकेको उनले बताए । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा…