काठमाण्डु-केही पहाडी भूभागबाहेक देशभरको मौसम सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ। तराईका केही स्थानमा भने बिहानैदेखि हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान…